आइतबारदेखि यु–२० पुरुष साफ च्यामिपयनसिप
काठमाडाैं | भदौ १, २०८१
काठमाडौं: दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुने उद्घाटन खेलमा नेपाल र श्रीलङ्काले प्रतिस्पर्धा गर्दैछन् । नेपाल र श्रीलङ्काबीचको खेल भोलि दिउँसो ३ बजे हुनेछ ।
नेपाली टोलिका यसपटक तयारीका लागि पर्याप्त समय पाएकाले जित हासिल गर्ने बताउनुभयो । उहाँले तयारी पनि सातदोबाटो खेल मैदान गरेको भन्दै खेल पनि यही मैदानमा हुने भएकाले प्रतियोगितामा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
“तयारीका लागि करिब ४५ दिन समय पाएका थियौँ । गत वर्ष यु–१९ खेलेका, ‘ए’ डिभिजनदेखि ‘सी’ डिभिजनसम्म खेलेका अनुभवी र केही नयाँ खेलाडी पनि आएका छन् । सन्तुलित समूह बनेको छ । हाम्रो लक्ष्य उपाधि जित्नु हो”, प्रशिक्षक श्रेष्ठले भन्नुभयो ।
कप्तान कुशल देउवाले यसपटक समूह सक्षम र बलियो रहेकाले आफूहरु मानसिक रुपमा पनि तयार रहेको बताउनुभयो । सन् २०१५ मा नेपालबाट सुरु भएको उक्त च्याम्पिनसिपको पहिलो संस्करण एन्फा कम्प्लेक्समा खेलाइएको थियो । उक्त प्रतियोगितामा नेपालले फाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो ।
नेपालले साफ यू–२० च्याम्पियनसिप आयोजना गर्न लागेको यो चौथो पटक हो । यसअघि नेपालले पहिलो संस्करणसहित सन् २०१९ मा तेस्रो र २०२३ मा पाँचौँ संस्करण आयोजना गरेको थियो ।
त्यसपछि सन् २०१७ मा भुटानमा भएको उक्त च्याम्पियनसिपमा पनि नेपाल च्याम्पियन बनेको थियो । त्यसपछि भारतले लगातार तीन पटक जित्दै उपाधिमा ह्याट्रिक गरिसकेको छ । अहिलेसम्म पाँच संस्करण आयोजना हुँदा नेपाल दुई पटक विजेता र दुई पटक सेमिफाइनल पुगेको छ । एक पटक समूह चरणबाटै बाहिरिएको इतिहास छ ।
श्रीलङ्काका प्रशिक्षक देभ्साग्याम राजमनीले उक्त प्रतियोगिताको लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगिताको फाइनलमा पुग्ने लक्ष्य राखिएको बताउनुभयो । साविक विजेता भारतका प्रशिक्षक रञ्जन चौधरीले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको बताउनुभयो ।
बङ्गलादेशका प्रशिक्षक एकेएम मारुफुल हकले आफ्नो टोलीमा अनुभवी खेलाडीहरु भएकाले प्रतियोगिताको फाइनलमा पुग्ने लक्ष्य रहेको बताउनुभयो । बङ्लादेश गत संस्करणको उपविजेता बनेको थियो । भुटानका कप्तान पेमा जाङ्गपोले यस पटक आफ्नो टोलीले नयाँ इतिहास रच्ने लक्ष्यका साथ मैदानमा उत्रने बताउनुभयो ।
नेपाली टोलीमा कप्तान कुशल देउवासँगै जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा र मदन पौडेल छन् । त्यसैगरी राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बू, नीरज कार्की, हरिशराज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, र रोहन खड्गी छन् ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

